You are viewing the translated version of सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि.
Section 17
सुशासन तथा सार्वजनिक सेवा प्रवाहमा सूचना तथा सञ्चार प्रविधि
१२.१७.१ विद्युतीय सुशासनका प्रयासहरुको गतिशीलता एवं प्रभावकारिता सुनिश्चित गर्न संस्थागत व्यवस्था सुदृढ गरिनेछ ।यस क्रममा गभरमेन्ट इन्टरप्राईजेज आर्किटेक्चर (GEA), राष्ट्रिय इन्टरअपरेबिलिटी फ्रेमवर्क (Government Interoperebility Framework) लगायतका प्रारुपहरुको कार्यान्वयन गरीने छ ।
१२.१७.२ नेपालको विद्युतीय सुशासन सम्बन्धी क्रियाकलापहरु खुला सरकार (Open Government) को अवधारणाबाट निर्देशित रहनेछन् । यस सन्दर्भमा सूचना तथा तथ्याङ्कहरु विभिन्न माध्यमबाट विश्लेषण गर्न सकिने स्वरूप (Format) मा उपलब्ध गराउने व्यवस्था गरिनेछ ।
१२.१७.३ शासन प्रणाली संचालनमा समावेशिता तथा सहभागिता प्रवर्द्धन गर्न सामाजिक संजालको प्रभावकारी प्रयोगलाई प्रोत्साहन गर्दै लगिनेछ ।
१२.१७.४ सूचना तथा सञ्चार प्रविधिको सिर्जनशील प्रयोगद्वारा सार्वजनिक सेवा प्रवाहमा नवीनतम प्रयोगहरु भैरहेको सन्दर्भमा उक्त प्रविधिमा कर्मचारीहरुको दक्षता अभिवृद्धि गरिनेछ ।
१२.१७.५ नीति तथा योजना निर्माण प्रक्रियामा भौगोलिक सूचनाको माध्यमद्वारा प्रभावकारी सहयोग पुच्याउन राष्ट्रिय भौगोलिक सूचना प्रणाली पूर्वाधार (National Geographic Information Infrastructure) को विकास गरिनेछ ।
१२.१७.६ स्मार्ट सिटीको अवधारणा अनुरुप नगरपालिकाहरुलाई क्रमशः स्मार्ट सिटीको रुपमा परिणत गरीने छ । यस कार्यलाई शहरी विकास मन्त्रालय मार्फत अघि बढाइने छ ।